
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था Support Microfinance Bittiya Sanstha Limited ले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समार्फत कोरोना बीमा गराएको हो ।
माहामारी र यसको बिषम परिस्थितिका बीच सेवा प्रदान गर्न खटिरहेका कर्मचारीहरुको उच्च मुल्यांकन गर्दै सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको संस्थाले जनाएको छ । प्रति ब्यक्ति बीमाङ्क रकम एक लाख रुपैयाँ बराबरको बीमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिम्सीनाले जानकारी दिएका छन् ।