एनआईसी एशिया लघुवित्तका ऋणीलाई जेठमा पनि ब्याजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 05:18:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले जेठ महिनाको कर्जाको ब्याज रकममा १० प्रतिशत  छुट प्रदान गर्ने भएको छ । २०७७ जेठ मसान्तसम्ममा चुक्ता गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम समय अवधि मै  भुक्तानी गर्ने ग्राहकलाई ब्याज रकमको १० प्रतिशत छुट दिने संस्थाले जनाएको हो ।

उक्त छुट सुविधा संस्थाबाट प्रवाह भएका मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा लागू हुने जनाइएको छ । संस्थाका अनुसार यसरी प्राप्त गर्नुपर्ने छुट रकम आसार महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ । 

साथै संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम २०७७ वैशाख मसान्तसम्ममा चुक्ता गर्नुपर्ने किस्ता वैशाख महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको खातामा ब्याज रकमको १० प्रतिशतले हुन आउने रकम जेठ महिनाको पहिलो साताभित्र जम्मा गरिदिने जानकारी समेत दिएको छ । 

संस्थाले १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै संस्थाले ४७ करोड ५५ लाख रुपैयाँ बरावरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved