एनएमबि लघुवित्तका कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 01:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि लघुवित्त NMB Microfinance Bittiya Sanstha Limited  ले आफ्नो सम्पुुर्ण कर्मचारीहरुको  कोरोना बीमा गरेको छ ।

कर्मचारीहरुको स्वास्थ्यको ख्याल गदै कोरोना भाईरसबाट हुनसक्ने संभावित जोखिमको रक्षावरणका लागि प्रति कर्मचारी १ लाख बराबरको सामूहिक कोरोना बीमा गराएको संस्थाले जनाएको छ ।

एनएलजि इन्स्योरेन्ससंंगको सम्झौतामा सबै कर्मचारीको कोरोना बीमा गराएको संस्थाले जनाएको छ ।

सम्झौता अनुसार अब संस्थामा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाईरस परीक्षण गर्दा पिसिआर टेष्ट पोजेटिभ पाइएमा इन्स्योरेन्सले एक लाख रुपैयाँ क्षतिपुुर्ति बापत उपलब्ध गराउनेछ ।

संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि हाल ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख उन्नाईस हजार घरपरिवारका सदस्यहरुलाइ लघुवित्त सेवा प्रदान गदै आएको  जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved