स्वरोजगार लघुवित्तद्वारा कोरोना कोषलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 01:52:38 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित वित्तीय संस्था Swarojgar Laghubitta Bittiya Sanstha Limited  ले कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आर्थिक हसयोग गरेको छ । संस्थाले प्रदेशिक रुपमा स्थापना गरेका कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सात लाख सहयोग गरेको हो । 

प्रत्यक प्रदेशले स्थापना गरेको उपचार कोषमा एक एक लाखका दरले सात लाख रुपैयाँ जम्मा गरेको संस्थाले जनाएको छ । 

संस्थाका शाखा प्रबन्धक  मित्रलाल धितालले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै संस्थाका अनुगमन प्रमुख रामप्रकाश शाहले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

त्यस्तै संस्थाका शाखा प्रवन्धक सुशन जोशीले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेललाई, संस्थाका शाखा प्रबन्धक जय प्रकाश कामतले  प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई तथा संस्थाका शाखा प्रवन्धक सन्तोष अर्यालले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एक एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

गण्डकी र कर्णाली प्रदेशमा बैंक खातामा रकम जम्मा गरिएको संस्थाले जनाएका छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved