जनउत्थानद्वारा कोरोना कोषमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 06:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले कोरोना नियन्त्रण कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाको ३९ वटा शाखा कार्यालयहरु मार्फत विभिन्न स्थानीय तहको राहत कोषमा १०।१० हजारको दरले चार लाख रुपैयाँ जम्मा गराएको जनाइएको छ । 

संस्थाको ३९ वटै शाखा कार्यालयका शाखा प्रमुखहरुले आ–आफ्नो शाखा रहेको स्थानीय तहसँग समन्वय गरी स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने गरी नगर प्रमुख तथा अध्यक्षहरुलाई चेक हस्तान्तरण गरेको जनाइएको छ ।

संस्थाले वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा पुर्याउने र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ । संस्थाले हाल तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४२,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पुर्याइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved