सजिलो लघुवित्तले डाक्यो साधारणसभा, समिटसँगको मर्जरपछि एफपिओ निष्काशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 09:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर सहितका प्रस्ताव पारित गर्न सजिलो लघुवित्तले साधारणसभा बोलाएको छ  ।  कम्पनीले असार २१ गते बिहान बसुन्धाराको दियालो फुडल्याण्डमा सभा आह्वान गरेको हो । 

सभाले समिट लघुवित्तसँगको मर्जर प्रस्ताव अनुमोदन गर्ने छ ।  मर्जरको लागि नेपाल राष्ट्र बैंकले दुवै सनास्थालाई चैत्र ५ गते सैदान्तिक स्वीकृति दिईसकेको छ ।  सभाले मर्जरको कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने छ भने हालसम्म भएका कार्यको अनुमोदन गर्ने छ ।  

मर्जरपछि समिट लघुवित्तको नामबटा कारोबार हुने छ ।  मर्जरपछि सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशतभन्दा कम हुने भएकोले मर्जरपछि एफपिओ निष्काशन गर्ने प्रस्ताव समेत सभाले पारित गर्ने छ । 

मर्जरपछि बन्ने स्नास्थाको केन्द्रीय कार्यालय हाल सजिलो लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान (गोरखा)मा रहने छ भने पछि राष्ट्रबैंकबाट अनुमति लिएर काठमाडौँको टोखामा सार्ने उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved