स्पर्स लघुवित्तले पायो घरभाडा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 03:54:56 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तका विभिन्न स्थानमा रहेका तीनवटा शाखा कार्यलयले घरभाडा छुट पाएका छन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका २, दिव्यपुरी नगरपालिका १ र पूर्वी नवलपरासीको मध्यविनदु नगरपालिका ८ मा रहेका शाखाहरुले घरभाडा छुट पाएका हुन् । 

महामारीका कारण सम्पूर्ण जनजीवन प्रभावित भएको परिवेशमा देशमा आर्थिक कारोबार ठप्प भई अर्थतन्त्रमा ठुलो गिरावट आई सबै जसो क्षेत्रमा पारेको असरलाई मध्येनजर गर्दै घरधनिले छुट दिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार सबै शाखाहरुलाई एक महिनाको भाडा छुट दिइएको हो । 

कास्की जिल्लाको पोखरामा केन्द्रीय कायालय रहेको संस्थाले देशका १० जिल्लामा २० वटा शाखा कार्यालयहरु बाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved