लघुवित्तले १५ प्रतिशत बढी ब्याज लिन नपाउने, नयाँ लाइसेन्स बन्द, सदस्यलाई कर्जा तिर्ने अवधि थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 03:44:59 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले यस आर्थिक बर्षको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। 

मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाहरुले १५ प्रतिशत भन्दा ब्याज लिन नपाउने व्यवस्था गरिएको घोषणा गरेका हुन्। हाल लघुवित्तले १७(१८ प्रतिशतसम्म ब्याज लिंदै आएका थिए। 

त्यस्तै राष्ट्र बैकले नयाँ लघुवित्तलाई लाइसेन्स नदिने भएको छ भने लाइसेन्सको लागि पाइपलाइनमा रहेका लघुवित्त समेत खारेज गरिएका छन्। त्यस्तै लघुवित्तले १५ लाखसम्म कर्जा दिन पाउने भएका छन्। हिजोका दिनमा लघुवित्तले ७ लाखसम्म कर्जा दिन पाउँथे। 

त्यस्तै मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक, विकास बैंक र फाइनान्स लगायतका संस्थाले लघुवित्तलाई पैसा सापटी दिंदा शुन्य दशमलब ५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ। यता लघुवित्तलाई ३ महिना भन्दा बढी अवधिमा बैंकहरुमा निक्षेप राख्नलाई बन्देज लगाइएको छ। 

त्यस्तै लघुवित्तका सदस्यहरुले अवस्था हेरिकन बढीमा ६ महिनासम्म सावाँ ब्याज तिर्ने भाका पाउने भएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved