''ब्याजदरमा १५ प्रतिशतको 'क्याप'ले लघुवित्त अप्ठेरोमा''

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2020 | 07:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तले लिन पाउने ब्याजमा नेपाल राष्ट्र बैंकले १५ प्रतिशतको क्याप लगाएको बिषयमा लघुवित्तहरुले असन्तुष्टि जनाएका छन्। मौद्रिक नीतिले लागत घट्ने नीति नल्याई ब्याजमा १५ प्रतिशतको क्याप लगाउँदा लघुवित्त अप्ठयारोमा पर्ने उनीहरुले बताएका हुन्। 

लघुवित्तहरुको सीईओहरुको छाता संगठन लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले ब्याजमा १५ प्रतिशतको क्यापले लघुवित्त अप्ठ्यारोमा परेको बताएका हुन् । लागत नघट्ने तर ब्याजमा १५ प्रतिशत क्याप रहने हो भने लघुवित्त टिक्न नसक्ने उनको भनाई छ। आफुहरुले कि लागत घट्ने कुनै व्यवस्था गर्नुपर्ने वा १५ प्रतिशतको ब्याज क्याप हटाउने बिषयबारे राष्ट्र बैकसँग कुरा गर्ने उनले बताए।

त्यस्तै मौद्रिक नीतिको बुँदा नम्बर १२९ मा भएको व्यवस्थाले पनि लघुवित्त लगायतका सम्पूर्ण बैंक वित्तीय संस्थाहरु अप्ठ्यारोमा पर्ने उनको दाबि छ। यस बुँदामा असली बर्गमा रहेपनि २०७७ असार मसान्तसम्म उठाउनुपर्ने सावाँ ब्याज पुष मसान्तसम्म पनि नउठेको कर्जाको २०७६र७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

राष्ट्र बैकंले कुल पुनर्कर्जाको १० प्रतिशत लघुवित्त मार्फत गर्नुपर्ने व्यवस्था गरेपनि यो प्रतिशत बढ्नुपर्ने उनको भनाई छ। यसले केहि भएपनि लघुवित्तलाई काम गर्न सहज हुने उनले बताए। तर अध्यक्ष लम्सालले लघुवित्त सम्बन्धित गरिएका अन्य व्यवस्था भने सकारात्मक भएको प्रतिकृया दिएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved