
मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले नेपालभर कारोबार गर्ने “राष्ट्रियस्तर”को लघुवित्तको मान्यता पाएको छ । संस्थाले देशभर कार्यक्षेत्र कायम हुनेगरी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको स्वीकृति पाएको हो ।
मिर्मिरेले स्वेडा लघुवित्तलाई प्राप्ति गरि एकिकृत कारोबार २०७७ अषाढ २१ गते देखि सञ्चालन गरेको हो । त्यस्तै नागबेलि लघुवित्तलाई समेत प्राप्तीगर्ने कार्यको लागि अन्तिम स्वीकृतीका लागि राष्ट्र बैंकमा पेश भै सकेको संस्थाले जानकारी दिएको छ ।
नेपालका सात वटै प्रदेशमा शाखा सञ्जाल रहेको संस्थाले राष्ट्रियस्तरको कार्यक्षेत्रको अनुमती पश्चात शाखा कार्यालय नरहेका जिल्लाहरुमा समेत शाखा विस्तार गरी अझ प्रभावकारी तवरले सञ्चालन गर्ने जानकारी दिएको छ । यस्तै विस्तार तथा कार्यक्रम नभएका जिल्लालाई समेटने गरी मर्जर तथा प्राप्तिमा जोड दिदै अन्य लघुवित्तको समेत खोजि गरिरहेको जनाइएको छ ।