
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न रोक लगाएको छ। मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई हकप्रद शेयर जारी गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीको संशोधन स्वीकृति प्रदान नगरिने स्पष्ट पारेको हो । राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पुँजी तथा पुँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित होस् भन्ने अभिप्रायले यस्तो ब्यबस्था गरिएको जनाएको छ ।