राष्ट्र बैंकले यस्ता लघुवित्तलाई मर्जमा जान निर्देशन दिने , के के पाउँछन् सहुलियत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 06:45:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले क्रस होल्डिंग भएका लघुवित्तलाई मर्जरमा जान निर्देशन दिने भएको छ ।  मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो ।

राष्ट्र बैंकले एउटै व्यक्ति÷समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व तथा नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका संस्थाहरुलाई एक आपसमा गाभ्न गाभिन निर्देशन दिने भएको हो  । 

 त्यस्तै राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने लघुवित्तलाई निम्न  सहुलियत प्रदान गर्न  भएको छ 

-एकल ग्राहक कर्जा सीमा नाघेको ऋणीको कर्जालाई सीमा भित्र ल्याउन समय थप गर्ने,

 -तोकिएको पुँजी कोष अनुपात पुर्याउनु पर्ने समय थप गर्ने,

-संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने,

-ईजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोवार सञ्चालन गरेमा २०७९ असार मसान्तसम्म सञ्चालन जोखिमवापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने र 

- वार्षिक २० प्रतिशत भन्दा बढी लाभांस (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत माथिको प्रस्तावित लाभांशको २५ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा २०७९ असार मसान्त सम्मको लागि छुट प्रदान गर्ने । 

यी बाहेक मर्जमा जाने लघुवित्तहरुले “बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने  तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३” मा तोकिएका सुविधाहरु पनि प्राप्त गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved