
लघुवित्त संस्थाले शाखा खोल्दा नेपाल राष्ट्र बैंकको पुर्व स्वीकृत लिनु नपर्ने भएको छ । मौद्रिक नीति कार्यन्वयनको लागि मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो ब्यबस्था गरेको हो ।
जस अनुसार लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा÷कार्यालय खोल्न यस बैंकको पूर्व स्वीकृति लिनुपर्ने छैन । तर, काठमाडौं उपत्यका, महानगरपालिका र उप महानगरपालिकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएका स्थानीय तहका वडाहरुमा शाखा खोल्नभने राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।
साथै, शाखा कार्यालय खोल्दा कारोबार शुरु गरेकै दिन उक्त शाखा सम्बन्धी विवरण राष्ट्र बैंकको वेब पोर्टलमा अद्यावधिक गर्नु पर्नेछ ।