
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाईसेन्स स्थगित गरिएको सूचना प्रकाशित गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिले गरेको ब्यबस्था अनुरुप लाईसेन्स दिने कम बन्द गरिएको र लाईसेन्सको लागि निवेदन दिएकाहरुलाई पनि प्रक्रियाबाट हटाईएको जनाएको हो ।
लाईसेन्स दिने कार्य स्थगित भएसँगै लाईसेन्सको लागि अनुमति दिएका संस्थाको निवेदन दस्तुर समेत फिर्ता नहुने राष्ट्र बैंकले जनाएको छ ।