
ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited ले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण कर्मचारीहरूबाट सहयोग स्वरुप संकलन गरिएको ३४ लाख २३ हजार ६ सय ९८ रुपैयाँ कोरोना काषमा सहयोग गरीएको हो ।
सहयोग रकम बराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई आइतबार संस्थाका सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद घिमिरे र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले हस्तान्तरण गरेका हुन् ।
कार्याक्रममा मन्त्री खतिवडाले यस रकमलाई सरकारले ठुलो सहयोग मानेको र यसरी संकलन भएको रकम कोरोना संक्रमण तथा विपतमा परेका नागरिकहरूको उपचार र उद्धारका लागि नेपाल सरकारले पूर्णरुपमा सदुपयोग गर्ने बताए । कार्याक्रममा संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डे, कर्जा व्यवस्थापन नीति तथा योजना विभागका प्रमुख किरण काफ्ले, वित्त व्यवस्थापन विभागका प्रमुख मोतिराज खनाल र संस्थामा क्रियाशील दुबै कर्मचारी युनियनका अध्यक्षहरुको समेत उपस्थिति रहेको जनाईएको छ ।
संस्थाले पूर्व संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा ११ लाख र सबै सात प्रदेश सरकारहरूले स्थापना गरेको यस प्रकारको कोषमा प्रत्येक प्रदेशलाई समान २ लाख ५० हजारले गरी कुल रकम २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको जनाएको छ ।