
जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank ले मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाको तनहुँस्थित भानु शाखा कार्यालयले मृतकको परिवारलाई कर्जा मिनाहा तथा काजक्रिया खर्च रकम प्रदान गरेको हो ।
संस्थामा आवद्ध समुहकी सदस्य तिल कुमारी गुरुङको गत असार १७ गते मृत्यु भएको थियो । मृतक गुरुङले उपभोग गरेको कर्जा बापतको रकम ७२ हजार मिनाहाका साथै तीन हजार रुपैयाँ काजक्रियाको लागि सहयोग गरेको संस्थाले जनाएको छ । उक्त सहयोग रकम संस्थाको शाखा कार्यालयका प्रमुख सन्तोष सापकोटाले मृतकको ससुरा मन लाल गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
संस्थाले ३९ वटा शाखा कार्यालयबाट सेवा दिदै आइरहेको छ ।