
ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समिति परिवर्तन भएको जनाएको छ ।
साउन २६ गतेदेखि कम्पनीको वर्तमान सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट चण्डी प्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकको तर्फबाट सुदिप फुंयाल, नेपाल बैंकको तर्फबाट पासाङ दोर्जी शेर्पा र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट विनय रमण पौडेल रहेको एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।