
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरण समुहअन्तर्गत प्रतिनिधित्व गरेका सञ्चालक स्वम्भु श्रेष्ठको राजिनामा स्वीकृत गरेको छ । श्रेष्ठको राजिनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकको निर्णयले साउन २६ गतेबाट लागु हुने गरी स्वीकृत गरेको हो ।
श्रेष्ठले व्यक्तिगत घरायसी कार्यव्यस्तता देखाई २०७७ असार २२ गते अध्यक्षसमक्ष राजिनामा पेश गरेका थिए ।
