महिला सहयात्रा लघुवित्तको साधारणसभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2020 | 11:48:44 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त संस्था Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited ले साधारण सभा स्थगित गरेको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारण सभा स्थगित गरेको कम्पनीले जानकारी दिएको छ । 

संस्थाको सञ्चालक समितिको भदौ ४ गते बसेको ११३ औँ बैठकले साधरण सभा स्थगित गरेको हो । साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधितित्व हुने संचालकको निर्वाचन पनि स्थगित भएको कम्पनीले जानकारी दिएको छ । 

विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिमका कारण सो साधारण सभा स्थगित गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved