आरम्भ चौतारी अब राष्ट्रियस्तरको लघुवित्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 06:19:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ चौतारी लघुवित्तले नेपालभर कारोबार गर्ने “राष्ट्रियस्तर”को लघुवित्तको मान्यता पाएको छ । संस्थाले देशभर कार्यक्षेत्र कायम हुनेगरी नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको स्वीकृति पाएको हो । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम राष्ट्रियस्तरको अनुमति दिएको जनाएको छ । संस्थाबाट जारि गरिएको निर्देशन, मार्गदर्शन, नीति, परिपत्र एवं कार्यक्षेत्र राष्ट्रियस्तरमा परिणत गर्न स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

यसअघि चौतारी लघुवित्त र आरम्भ माइक्रोफ़ाईनान्स मर्जर पछी आरम्भ चौतारी लघुवित्त बनेको हो । दुई संस्था मर्जर पश्चात बनेको आरम्भ चौतारीको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved