बैंकलाई जस्तै लघुवित्तहरुलाई पनि लाभांश वितरणमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 07:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय सँस्थालाई झैं लघुवित्त वित्तीय संस्थालाई पनि लाभांश वितरणमा कडाई गरेको छ। राष्ट्र बैंकले लघुवित्तलाई आज एकिकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा कडाई गरेको हो।

जसअनुसार राष्ट्र बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भए लाभांश घोषणा वितरण गर्न नपाइने ब्यबस्था गरेको छ। 

एकीकृत निर्देशिकामा भनिएको छ, कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाईने छैन। 

              यो पनि: बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाई

यस अघि आर्थिक वर्षको अन्त्यमा बाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा राष्ट्र बैंकको स्वीकृति लिई बोनस सेयर वितरण गर्न सकिने ब्यबस्था थियो। यसरी बोनश सेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक पर्ने रकम मात्र नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन सकिने व्यवस्था थियो ।

बर्षभर जुनै बेलापनि न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्थाले धेरै लघुवित्तलाई बोनस सेयर वितरणमा कठिनाई हुने विश्लेषण गरिएको छ। कोभिड १९ का कारण धेरै लघुवित्तको पुँजीकोष घट्दै गएकाले चालु आर्थिक बर्ष पुंजीकोष कायम गर्न गाह्रो हुने बताइन्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved