मर्जमा गएर खर्च घटाउन लघुवित्तलाई सुझाव, छुट्टै नियामक निकायको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 06:20:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) नेपालले लघुवित्त कम्पनीहरुको लागि छुट्टै निमायकको ब्यबस्था गर्न सुझाव दिएको छ । कोरोनाले लघुवित्त क्षेत्रमा पारेको असरबारेको प्रतिवेदन सार्वजनिक गर्दै सीएमएफले लघुवित्तको मात्र नियमन गर्ने गरी छुट्टै नियामकको ब्यबस्था गर्न सुझाव दिएको हो ।

सीएमएफले हाल लघुवित्त कम्पनीहरुमा भईरहेको नियमन पर्याप्त नभएको भन्दै बंगलादेश लगायतका देशमा भएको ब्यबस्था जस्तै नेपालमा छुट्टै नियामक ब्य्बत्षा गर्न सुझाव दिएको हो । बंगलादेशमा लघुवित्तको नियमन गर्नको लागि 'माइक्रोक्रेडिट रेगुलेटोरी अथोरीटी' नामको छुट्टै निकाय छ । नेपालमा भने राष्ट्र बैंकले नै लघुवित्तहरुलाई नियमन गर्दै आएको छ।

त्यस्तै सीएमएफले अनलाईन मार्फत कारोबार गर्दा कोरोनाको जोखिम घट्ने भएकोले सूचना प्रविधिमा पर्याप्त लगानी गर्न सुझाव दिएको छ । सीएमएफले हाल कोभिडले यस क्षेत्रमा पुर्याएको प्रभाव कम गर्नको लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम खर्च गर्नको लागि अनुमति दिन समेत सुझाव दिएको छ । त्यस्तै कोभिडक प्रभाव २ वर्षसम्म रहने देखिएकोले २ वर्षको लागि हुने गरी राहत प्याकेज ल्याउनु पर्ने सीएमएफको सुझाव छ ।

सीएमएफले लघुवित्त कम्पनीहरुले लिने ब्याजदरको अधिकतम सीमा तोक्न पनि आग्रह गरेको छ । त्यस्तै खर्च घटाउनको लागि मर्जर तथा प्राप्तिमा जान सकिने सीएमएफको सुझाव छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved