कालिका लघुवित्तको सिईओमा महेन्द्र अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2020 | 05:27:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त Kalika Laghubitta Bittiya Sanstha  को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बैकर महेन्द्र अधिकारी नियुक्त भएका छन । पोखरा महानगरपालिका वार्ड नं ११ निवासी अधिकारीलाई यही असोज २९ गते बसेको संचालक समितिको निर्णयबाट प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

१३ वर्ष ग्रामीण विकास बैंकमा माथिल्लो ओहदामा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न वाणिज्य बैंकदेखि र विकास बैंकमा काम गरेको लामो बैंकिङ्ग अनुभव बटुलेका छन । यसअघि प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङ्गमा ७ वर्ष प्रमुख कार्यकारी अधिकृत र ग्लोबल आईएमई बैंकमा लघुवित्त विभागको प्रमुख लगायत प्रदेश प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका अधिकारीले संस्थागत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गरेका अधिकारीले सिईओमा नियुक्त भए पछि सपथग्रहण कार्यक्रममा बोल्दै संस्थाले सुम्पिएको जिम्मेवारीलाई दृढता पुर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

२०७७ श्रावणदेखि नायव प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीले काम सिईओको रुपमा कार्य गर्दै आएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved