लघुवित्त बैङ्कर्स संघको कार्यसमितिमा हेरफेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 06:36:32 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैङ्कर्स संघको कार्यसमितिमा हेरफेर भएको छ ।  संघको सोमबार सम्पन्न साधारणसभाले संघको कायर्समितिमा रिक्त रहन गएका पदहरु पुर्ति गर्न कार्यसमितिमा हेरफेर गरेको हो। 

जस अनुसार उपाध्यक्षमा मेरो माइक्रोफाइनान्स लघुवित्तका रामहरी दाहाल , कोषाध्यक्षमा स्वाबलम्बन लघुवित्तका भोजराज बस्याल तथा नयाँ सदस्यहरुमा उन्नति सहकार्य लघुवित्तका प्रेम बहादरु पाठक, समता लघुवित्तका डा. मदन घिमिरे र गणपति लघुवित्तका अच्युत सापकोटा नियुक्त भएका छन् । 

साधारणसभाको बन्द सत्रले आ.व.२०७६÷७७ को वार्षिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन र २०७७÷७८ को वार्षिक कार्यक्रम तथा  बजेट छलफल सहित पारित गरेको छ ।  

नेपाल लघुवित्त बैङ्कर्स संघमा ८३ वटा मध्ये ५७ वटा लघुिवत्त संस्थाहरु सदस्य छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved