आँधिखोला लघुवित्तको सीइओमा डोलराज केसी पुनः नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 10:07:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः डोलराज के.सी नियुक्त भएका छन् । सञ्चालक समितिको हालैको बैठकले के.सीलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा पुनः नियुक्त गरेको हो ।

जिम्मेवारी ग्रहण गर्दै सिईओ के.सी.ले संस्थाले आफुप्रति गरेको विश्वासलाई आत्मासाथ गर्दै पदिय जिम्मेवारी अनुरुप कार्य गरी संस्थाको गरिमालाई जोगाउदै लगानीकर्तालाई उच्च प्रतिफल दिन क्रियाशिल रहने बताएका छन् ।  

स्याङ्जाको भिरकोट नगरपालिका १, बयरघारीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तमा विगत ४ वर्ष देखि के.सी ले नै सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । १० जिल्ला कार्य क्षेत्र रहेको यो लघुवित्त छिटैनै बागलुङमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको धौलागिरी लघुवित्तसँग मर्जरमा जाने तयारीमा छ । मर्जर पछि राष्ट्रियस्तरको लघुवित्तका रुपमा पोखरामा केन्द्रीय कार्यालय रहने संस्थाले जनाएको छ । 

मर्जरपछि संस्थाको नाम धौलागिरी आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड हुने र यसको सिईओमा पनि आँधिखोला लघुवित्तको सिईओले नै जिम्मेवारी बहन गर्ने सम्झौता भएको जनाइएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved