एनआईसी एसिया लघुवित्तको सीईओमा लम्साल नियुक्त, संचालकमा पनि नयाँ अनुहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 10:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था @NIC को संचालकमा विभोर कुमार अग्रवाल नियुक्त भएका छन्। असोज २२ गते बसेको संचालक समितिको ८४ औं बैठकले अग्रवाललाई संचालकमा नियुक्त गरेको हो। 

त्यस्तै लक्ष्मण लम्साललाई यहि कात्तिक ४ देखि लागू हुने गरि संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। चालिसे विगत १६ बर्ष देखि विभिन्न बाणिज्य बैकहरुको व्यवस्थापकिय पदमा कार्यरत थिए।

१६ अगाडी नेपाल बैंक लिमिटेडबाट बैकिंङ क्यारियर शुरु गरेका चालिसे मिति २०६५ चैत ३ देखि एन आई सी एशिया बैंकमा बरिष्ठ अधिकृतका रुपमा कार्य शुरुगरी हाल बैंकको बरिष्ठ प्रवन्धकको रुपमा कार्य गरी रहेका थिए।  

व्यवस्थापन विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल चालिसेको अनुभवबाट संस्थाले आफ्नो उद्देश्य प्राप्तीमा उच्चतम व्यवसायिक प्रगति हासिल गर्ने विश्वास लिएको छ  ।

लघुवित्तले स्थापना भएको छोटो समयमा नै ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved