नेपाल एग्रो लघुवित्तको दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 10:27:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको हो ।

 संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा गण्डकी र लुम्बिनी प्रदेश अन्तरगतका शाखा कार्यालयहरुको तालिम सम्पन्न भएको हो । तालिममा १० शाखाका ३५ जनाकर्मचारीहरु सहभागी भएको संस्थाले जनाएको छ । 

तालिमको उद्घाटन गर्दै संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै संस्थाले हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८१ करोड ३० लाख कर्जा उपलब्ध गराएको बताए । त्यस्तै उनने २६ करोड ७४ लाख रुपयाँ बचत संकलन गर्न सफल भएको पनि उल्लेख गरे ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved