मिथिला लघुवित्तले सारथी नेपाल लघुवित्तलाई बेच्यो ५ वटा शाखा कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 09:10:00 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha  ले आफ्नो ५ वटा शाखा कार्यालयहरु बिक्रि गरेको छ । लघुवित्तले उदयपुर, रामेछाप र सिन्धुलीमा रहेका ५ वटा शाखा बिक्री गर्न लागेको हो 

लघुवित्तले यी शाखा काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको सारथी नेपाल लघुवित्तलाई बिक्रि गरेको हो । कम्पनीले ति शाखामा रहेको चल अचल सम्पति र तिर्नु पर्ने दायित्व समेत गरि सम्झौतामा उल्लेख भए बमोजिम हुने गरि बिक्रि गरेको जनाएको छ 

लघुवित्तले उदयपुरको त्रियुगा ३ मा रहेको मोतिगढ़ा शाखा, उदयपुर कै बेलका १ मा रहेको तपेश्वरी शाखा, रामेछापको रामेछाप ८ मा रहेको रामेछाप शाखा, र सिन्धुलीको दुधौली ४ मा रहेको डकाहा शाखा तथा सुनकोशी ३ मा रहेको रातमाटा शाखा सारथी नेपाल लघुवित्तलाई बिक्रि गरेको हो । यस संगै अब पुस १ गतेदेखि ति शाखा सारथी नेपाल लघुवित्तमा गाभीई सारथि नेपालको नामबाट सेवा दिने छन् 

यस अघि मिथिला लघुवित्तको कार्यक्षेत्र १४ जिल्ला रहेकोमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले आफ्नो कार्यक्षेत्र प्रदेश २ का जिल्ला मात्र कायम गरेको थियो । प्रदेश २ का जिल्ला मात्र कार्य क्षेत्र कायम गर्दा प्रदेश २ बाहिर रहेका शाखाहरु लघुवित्तले सारथि नेपाल लघुवित्तसँग सम्झौता गरि बिक्रि गरेको हो । राष्ट्र बैंकको स्वीकृति अनुसार शाखा बिक्रि गरिएको लघुवित्तले जनाएको छ 

साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि हालै मात्र सारथी नेपाल लघुवित्त काम भएको हो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved