लघुवित्तहरुको कार्य संचालनमा एकरुपता ल्याउन जोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 06:31:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैङ्कर्स संघले  “कोभिड–१९ महामारी र संघको भूमिका” विषयक प्रमुख कार्यकारी अधिकृत स्तरीय कार्यशाला गोष्ठी सम्पन्न गरेको छ  । संघले  मंसिर १९ देिख २१ गते सम्म चितवनमा कार्यक्रम आयोजना गरेको हो । 

गोष्ठीमा काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक तथा बरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने सघं को कार्यक्रम तथा उपलव्धि, लघुवित्त संस्थाहरुका लागि आचार संहिता, कर्जा सचू ना सम्बन्धि कार्य प्रगति एवं चुनौती तथा नेपाल फिनसफट कम्पनी द्वारा  विकसित बैंकिंग सफ्टवेयरवारे प्रस्तुती तथा छलफल भएको थियो ।

डा. विश्व पौडेलले संघका नीतिगत वकालत, क्षमता अभिवृद्घि, र ज्ञान व्यवस्थापनका कार्यहरुको महत्व तथा चुनौतीको चर्चा गर्दै संघले अनुसन्धानका लागि कसरी आप्mनो स्रोत सुदृढ गर्ने र राष्ट्रिय स्तरमा आप्mनो उपस्थिति उच्च राख्ने भन्ने विषयमा आप्mनो विचार राखेका थिए । उनले लघुवित्त संस्थाहरुको कार्य संचालनमा एकरुपता ल्याउन, संस्थागत क्षमता अभिवृिद्घ गर्न, खराव कर्जा असुली तथा गाभ्ने÷गाभिने व्यवस्था जस्ता जटील विषयहरुमा सहजिकरण गर्न र वजार विकास गर्न संघले खेल्न सक्ने भूिमका बारे पनि आफ्ना सुझावहरु राखेका थिए।

कार्यपत्रमाथि टिप्पणी गर्दैडा. गोपाल दहित (युनिक नेपाल लघुवित्त), प्रकाश राज शर्मा (लक्ष्मी लघुवित्त), डा. सुमित्रा मानन्धर गुरुङ्ग (महिला  सहयात्रा लघुवित्त) र श्री नुम नाथ पौडेल (फस्र्ट माइक्रोफाइनान्स लघुवित्त) बाट सघंले हालका दिनमा खेलेको र आगामी दिनमा खेल्न पर्ने भूमिका बारेआफना धारणा प्रस्तुत गरेका थिए । 

कार्यशाला गोष्ठीमा कूल ३४ वटा लघुवित्त संस्थाहरुको सहभागिता रहेको संघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved