आँधीखोला लघुवित्तका कर्मचारीलाई जोखिम व्यवस्थापन तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 09:06:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधीखोला लघुवित्तले आफ्ना कर्मचारीको लागि जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । लघुवित्तले ८ वटा शाखा कार्यालयका २० जना फिल्ड सहायक कर्मचारीहरु लाई जोखिम ब्यवस्थापन तथा सकारात्मक सोंच विषयक २ दिवशिय तालिम आयोजना गरेको हो ।

संस्थाले कोरोनाका कारण बैकिङ जगतमा परेको प्रभावबाट कर्मचारीको मनोबल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नु पर्ने भुमिकाका बारेमा फिल्डस्तरका कर्मचारीहरुलाई तालिम मार्फत सु–सुचित गरेको जनाएको छ। तालिममा संचालक समिति सदस्य  विधा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव प्रमुख कार्यकारी प्रमुख बाबुराम कुँवर लगायत विभागिय प्रमुखहरु उपस्थिती भएको कम्पनीले जनाएको छ ।

 प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले विषम परिस्थितिमा ग्राहक सदस्य तथा कर्मचारीको स्वास्थ्य संवेदनशिलता लाई उच्च प्राथमिकतामा राख्दै कार्यस्थलमा खटिने कर्मचारीको मनोवल कमजोर हुन नदिनका लागि आफु प्रतिवद्ध रहेको बताए । 

स्याङजाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले १० जिल्लामा १९ कार्यालय मार्फत  सेवा प्रदान गरिरहेको छ । हाल कमपनीको चुक्ता पुँजी १० करोड रहेको छ। आँधीखोला लघुवित्त र वाग्लुङ जिल्लमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त मर्जर प्रर्कियामा छन् ।  मर्जर प्रकृयाका कारण संस्थाको शेयर कारोवार रोक्का रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved