एनआईसी एशिया र स्वदेशी लघुवित्तबीच मर्जर सम्झौता सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 25, 2020 | 04:08:16 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया र स्वदेशी लघुवित्त वित्तीय संस्था बीच गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता पत्रमा आज एक समारोहका बीच हस्ताक्षर सम्पन्न भएको हो। 

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन ।   २०७७ श्रावण ३२ गते दुई संस्था बिच गाभ्ने ÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई मिति २०७७ कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भई आज मिति २०७७ पौष १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम समझौता भएको हो । 

उक्त सम्झौतामा एन आई सी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष लालमणी जोेशी हस्ताक्षर गरेका छन्। 

एन आई सी एशियाको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्तको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ । 

गाभ्ने÷गाभिने (मर्जर) सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जर पश्चात बन्ने एन आई सी एशिया लघुवित्त देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्त वित्तीय संस्था बन्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved