सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 06:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले  नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवन कुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका छन्।

श्रेष्ठ निर्धन उत्थान लघुवित्तमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनले आरम्भ लघुवित्त र चौतारी लघुवित्तको मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्तमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका थिए ।  निर्धन उत्थान लघुवित्तबाट करिअर सुरु गरेका उनीसँग लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ । 

सबैको लघुवित्तको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२,३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved