२ सय बढी शाखा विस्तार गर्ने दौडमा मिर्मिरे लघुवित्त, कर्मचारीलाई धमाधम तालिम

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 22, 2021 | 04:24:54 PM मा प्रकाशित

sarbottam cement

मिर्मिरे लघुवित्तको क्षेत्रीय कार्यालय बौनिया कैलालीको आयोजनामा शाखा प्रमुखहरुलाई एक दिन तालिम सम्पन्न भएको छ । प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शाखा प्रमुखहरुलाई शाखा व्यवस्थापन तालिम दिईएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रभावकारी कार्यसंचालनमा शाखा प्रमुखहरुको भूमिका, बरिष्ठ अधिकृत सुशिल कुमार बुढाले लेखा तथा इम्पावर सफ्टवेयर सम्बन्धि, बरिष्ठ अधिकृत राजेश श्रेष्ठले शाखा तथा जोखिम व्यवस्थापन र सुपरिवेक्षक प्रकाश बहादुर बोगटीले धितो कर्जा लगानी विषयमा सहजिकरण गरेका थिए ।

तालिममा ३७ वटा शाखाका प्रमुखहरुको उपस्थिती थियो । 

यसै आर्थिक वर्ष भित्र दुई सय भन्दा बढि शाखा संजाल विस्तार गरि बनाउने लक्ष्य लिएको मिर्मिरेले पुष १० गते झापाको विर्तामोडमा पनि तालिम संचालन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved