लक्ष्मी लघुवित्तद्धारा शैक्षिक सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2021 | 05:18:12 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha ले काभ्रेको नमोबुद्ध न.पा–८ स्थित दाप्चा माध्यामिक बिद्मालयका १ देखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई झोला तथा स्टेशनरी सामान वितरण गरेको छ । संस्थाको भकुण्डेबेशी शाखामार्फत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत झोला तथा स्टेशनरीका सामान वितरण गरिएको कम्पनीले जनाएको छ ।

संस्थाका सहायक महाप्रवन्धक सुन्दर प्रसाद श्रेष्ठ, सञ्चालन विभाग प्रमुख माधव प्रसाद शर्मा, शाखा प्रमुख दोष बहादुर थापा, शिक्षक तथा स्थानियको उपस्थीतीमा संस्थाले सामग्री वितरण गरेको जनाएको छ ।

संस्थाले पौष मसान्तसम्ममा ५२ वटा जिल्लामा ७२ शाखामार्फत कारोबार गर्दै आएको छ । हालसम्म धितो राखी र समुहिक जमानीमा बिना धितो गरी संस्थाले ५ अर्व ७२ करोड उठाउन बाँकी कर्जा रहेको छ । संस्थाले आफ्ना सदस्यबाट १ अर्व ८७ करोड ८६ लाख बचत संकलन गरी पौष मसान्तसम्ममा ९ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved