लक्ष्मी लघुवित्तद्वारा बेमौसमी तरकारी खेती तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2021 | 04:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha ले बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । कम्पनीले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई २ दिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको हो।

माघ २७ गते देखि फाल्गुन ४ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६९ जना ग्राहकहरु सहभागी भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बेमौसमी तरकारी खेती सम्बन्धी सीप र क्षमतालाई अभिवृद्धि गरी स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको हो। 

 लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र वित्तीय साक्षरता संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved