मर्जरपछि एनआईसी एसिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 08:27:25 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  र स्वदेशी लघुवित्त Swadeshi Laghubitta Bittiya Sanstha  ले मर्जरपछि चैत्र ८ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । एनआईसी एसिया लघुवित्तको नामबाट एकिकृत कारोबार हुन लागेको हो 

माघ ४ गते बसेको दुवै संस्थाको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २३ गते एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको कम्पनीले जनाएको छ । एकिकृत कारोबारपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय हाल स्वदेशीको केन्द्रीय कार्यालय रहेको स्थान इटहरीमा रहने छ । 

एकिकृत कारोबारको लागि डाटा माइग्रेसनको कार्य गर्नु पर्ने भएकोले चैत्र ६ गते दुवै संस्थाको सम्पूर्ण सेवा बन्द हुने कम्पनीले जनाएको छ  । १००:९४ को स्वाप रेसियोमा यी दुई संस्था मर्ज भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved