आँधिखोला लघुवित्तद्वारा शाखा प्रमुखहरुलाई तालिम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 09:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तले शाखा प्रमुखहरु लाई प्रभावकारी शाखा ब्यवस्थापन तथा भाखा नाघेको कर्जा ब्यवस्थापन तालिम प्रदान गरेको छ । सोही अवसरमा कम्पनीले आ.व.२०७७÷७८ को दोश्रो त्तैमासिक समिक्षा  गोष्ठी पनि सम्पन्न गरेको हो ।

भीरकोट नगरपालीका वार्ड नं १ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको कम्पनीले फागुन २४ गते देखि २७ गते सम्म कार्यक्रम संचालन गरेको जनाएको छ।  

संस्थाले हाल १० जिल्लामा १९ शाखा कार्यालय संचालन गरि १८००० भन्दा बढी सदस्यलाई सेवा प्रदान गरिरहेको छ। कम्पनीले ९८ करोड भन्दा बढी कर्जा लगानी गरेको छ भने कम्पनीको सदस्यको निक्षेप परिचालन करिव ३५ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved