मर्जरपछि वोमी लघुवित्तको एकिकृत कारोबार सुरु, ब्यबस्थापन र संचालक समितिमा को को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 10:49:20 AM मा प्रकाशित

laxmi  sunrise bank

 वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  ले सर्लाहीमा रहेको ग्रामिण स्वयंसेवक लघुवित्तलाई गाभेपछि चैत्र ३ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ । मर्जर पश्चात वोमी लघुवित्तको नामबाट एकिकृत कारोबार सुरु बह्येको हो ।  

दुवै संस्थाको पुस २८ गतेको साधारणसभाले गाभ्ने र गाभिने विशेष प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि दुवै संस्थाले एकिकृत कारोबार सुरु गरेका हुन् । दुई संस्था १:१ को स्वापमा मर्ज भएका हुन् । मर्ज पश्चात कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको साँगामा रहेको छ । 

मर्ज पश्चात बनेको संस्थाको प्रमुख कार्यकारी अधिकृतमा साविकको वोमी लघुवित्तका प्रमेश आचार्य नियुक्त भएका छन्। उनको कार्यकाल ४ वर्षको हुने छ ।  त्यस्तै साविकको ग्रामिण स्वयंसेवक लघुवित्तमा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ ।

मर्जरपछि बनेको संस्थाको संचालक समितिको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान तथा संचालकहरुमा बमल उपाध्याय घिमिरे, नरेन्द्र कुमार प्रसाई, दधिराम पौड्याल, कृष्णराज सिलवा, शिव प्रसाद मिश्र, भरत सिंह थापा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved