मर्जरपछि एनआईसी एसिया र स्वदेशी लघुवित्तको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2021 | 01:36:15 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया लघुवित्त NIC ASIA Laghubitta Bittiya Sanstha  र स्वदेशी लघुवित्त Swadeshi Laghubitta Bittiya Sanstha  ले एकिकृत कारोवार सुरु गरेका छन्  । मर्जरपछि आज चैत्र ८ गतेबाट  एनआईसी एसिया लघुवित्तको नामबाट एकिकृत वित्तीय कारोबार सुरु भएको हो 

एनआईसी एशिया लघुवित्तका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोेशीले संयुक्त रुपमा एकिकृत कारोबारको शुभारम्भ गरेका हुन्  । एकिकृत कारोबारपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय हाल स्वदेशीको केन्द्रीय कार्यालय रहेको स्थान इटहरीमा रहने छ । 

यी दुई संस्थाबीच गत श्रावण ३२ गते  गाभ्ने ÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो भने कार्मितिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए । पुस १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तीम सम्झौता भई सो अन्तीम सम्झौता अनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको माघ ४ गतेको छुट्टाछुट्टै बार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएको थियो। 

मर्जर अघि एनआईसी एशिया लघुवित्तको १५० शाखा थिए भने स्वदेशी लघुवित्तको ८५ शाखा थिए । मर्जर पश्चात कुल शाखा संख्या २२३कायम भएको छ। कम्पनीका अनुसार मर्जर पश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब भन्दा माथि पुग्नेछ । मर्जर पश्चात एनआईसी एसिया लघुवित्त   देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको लघुवित्तको रुपमा स्थापित हुने कम्पनीले जनाएको छ ।

कम्पनीले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved