
नेपाल राष्ट्र बैंकले सीवाईसी नेपाल र शालिग्राम लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानलाई सैदान्तिक स्वीकृति दिएको छ। यस सम्बन्धी दुवै लघुवित्तका संचालकहरुबीच आज एक सहमति पत्रमा सम्झौता समेत भएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
दुवै लघुवित्तलाई तीन महिनाभित्र एकीकृत कारोबार गर्नेगरि मर्जरमा जानलाई सैदान्तिक स्वीकृति दिईएको बताइएको छ। दुवै नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएका लघुवित्त हुन्।
यसअघि सीवाईसीको स्वाप १०० र शालिग्रामको ८० रहनेगरि दुवै लघुवित्तले आरम्भ माइक्रोफाइनान्ससंग मर्जर गर्ने सम्झौता गरेका थिए। तर उक्त मर्जर सम्झौता तोडीएपछि सीवाईसी र शालिग्रामबीच फेरी मर्जरमा जाने सैदान्तिक सहमति आज राष्ट्र बैंकमा भएको हो।
७ करोड चुक्तापुंजी र बाग्लुङ केन्द्रिय कार्यलय भएको सीवाईसी राष्ट्रिय स्तरको लघुवित्त हो भने १ करोड ६० लाख लघुवित्त भएको म्याग्दी केन्द्रिय कार्यलय भएको शालिग्राम लघुवित्त गण्डकी प्रदेश स्तरीय लघुवित्त हो।