
मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha ले भिषण आगलागीबाट प्रभावित सेवाग्राही सदस्यहरुलाई राहत प्रदान गरेको छ । कम्पनीको मटेहिया शाखाले आफ्नो कार्यक्षेत्र अन्तर्गतको नरैनापुर गाउपलिका वडा नं ४ खोदवाटोलमा चैत्र २१ मा अचानक भिषण आगलागी हुँदा प्रभावित सेवाग्राहीलाई राहत प्रदान गरेको हो ।
संस्थाले संस्थाका सेवाग्राही सदस्यका रुपमा आवद्द घरपरिवारलाई जनही २ हजार र ऋणी सदस्यहरु लाई जनही ५ हजारका दरले प्रारम्भिक चरणको राहत बितरण गरेको हो ।
संस्थाका अनुसार २१ गते मध्यान्हमा शुरु भएको अचानक आगलागीले खोदवाटोलका १२५ घरधुरी जलेर नष्ट भएका छन्।