
मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha ले बालबालिकालाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको छ । संस्थाको कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्का स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का करिब १०० जना बिद्यार्थीहरुको सहभागितामा लागू पदार्थ सेवन तथा दुर्व्यसनी बिरुद्ध सचेतना तथा ट्राफिक नियम, बिधुत्तीय अपराध, बालबालिका माथि हुनसक्ने यौन जन्य हिंसा सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थाका तालिम सामाजिक बिकास विभाग प्रमुख विकल काफ्ले, बौनिया क्षेत्रीय कार्यालयका प्रबन्धक वेद प्रसाद आचार्यले सचेतना प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा प्रहरी निरिक्षक भरत बहादुर शाहले विधुतिय अपराध ऐन, यौन जन्य हिंसा, लागू पदार्थ दुर्व्यसनी सम्बन्धमा प्रशिक्षण दिएका थिए भने बालबालिकाहरुमाथि सामाजिक संजालको प्रयोगबाट हुन सक्ने हिँसा, बाल विवाह र सो सम्बन्धि बर्तमान कानुनि व्यवस्था सम्बन्धमा प्रकाश पार्दै, नकारात्मक बिचार मनमा आउन नदिने र सचेततापूर्वक सकारात्मक बिचारको बाटोमा लागे मात्र सफल व्यक्ति बन्न सक्ने बताउनु हुदै बिबिध खाले हिँसा र सो को निराकरणमा प्रहरीको भूमिका झल्कने श्रब्य दृश्य सामग्री प्रस्तुत गरेका थिए । पेशागत रुपमा प्रहरी सेवामा सेवारत प्रहरी निरिक्षक शाह, अपराधशास्त्रका बिद्यार्थी समेत हुन्।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय मोतिपुर कैलालीका प्रमुख प्रहरी नायब निरिक्षक शोभान सिंह कार्कीले सडक सुरक्षामा अपनाउनुपर्ने साबधानी तथा दुर्घटनाबाट बच्न अपनाउनुपर्ने उपायहरु, ट्राफिक संकेत र त्यसको अर्थ, ट्राफिक लाइटमा सवारी संचालन तथा सुरक्षित सडक प्रयोग सम्बन्धि सहभागी बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुहुदै सडक दुर्घटनामा छायांकन गरिएका केहि दृश्यहरु समेत प्रस्तुत गरेका थिए ।