
समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिइ बैशाख ०२ देखि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोवार सुरु गरेको छ ।
एक कार्यक्रमको बीच मिराबल होटल एण्ड रिर्सोट, धुलिखेलमा गाभिए पश्चात् कायम हुने सञ्चालक समितिको अध्यक्ष डम्मरमणी थेवे लिम्वुको अध्यक्षतामा, बनेपा नगरपालिकाको नगर प्रमुख लक्ष्मी नरसिङ बडे श्रेष्ठको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य सुरकृष्ण बैद्यको आतिथ्यतामा सम्पन्न भएको हो ।
एकीकृत वित्तीय कारोवार हुनु अघि र पछिको मूख्य वित्तीय विवरणहरु संस्थाको प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले प्रस्तुत गरेका थियो । गाभिए पश्चात् वित्तीय संस्थाको कूल चुक्ता पूजी रु. २८,५६,२०,१६०÷–, कर्जा लगानी रु. २,५८,४५,४८,११४÷–, निक्षेप रु. ९१,८२,१८,५२७÷–, कूल संचालन मूनाफा रु. १०,७१,६०,५६९÷– सहित कूल ३७ वटा शाखा कार्यालयहरु साथै राष्ट्रियस्तरको कार्यक्षेत्रको रुपमा आगामी दिनमा देशै भरी शाखाहरुको सञ्जाल विस्तार गरी विपन्न वर्गमा लघुवित्तको पहुँच अभिवृद्धि गर्ने योजना रहेको डा. घिमिरे बताए ।
‘नेपाल राष्ट्र बैकले लघुवित्त संस्थाहरुलाई गरेको पछिल्लो निर्देशन साथै संस्थाको आवश्यकता बमोजिम दुई वित्तीय संस्था बीच गाभ्ने गाभिने कार्य सम्पन्न गरिएको छ र आगामी दिनमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) कार्यलाई निरन्तरता दिदै नमुना लघुवित्त संस्थाको रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।’ संस्थाको अध्यक्ष डम्मरमणि थेवे लिम्वुले भन्नु भयो ।