कालिका लघुवित्तको अध्यक्षमा कृष्ण खांड चयन, को को बने संचालक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 08:13:21 AM मा प्रकाशित

laxmi bank

कालिका लघुबित्त Kalika Laghubitta Bittiya Sanstha  बित्तिय सस्थाको अध्यक्ष पदमा कृष्ण खांड चयन भएका छन्। मंगलबार सम्पन्न १० औ र ११ औ साधारणसभाले थप संचालक चयन गरेपछि बसेको संचालक समितिको बैठकले खांडलाई अध्यक्ष पदमा चयन गरेको हो ।

अध्यक्ष पदमा चयन भएका खांडले यस अगाडी पनि लघुवित्तको अध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका थिए। स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त र पर्वतको कुश्मा केन्द्रीय कार्यालय रहेका जनसेवी लघुवित्त मर्जर भएर कालिका लघुवित्त बन्नु अगाडीसम्म खांड अध्यक्ष पदमा थिए। मर्जर पश्चात जनसेवीका अध्यक्ष बिकास गौचन अध्यक्ष बनेका थिए भने खांड संचालक समितिमा सदस्यको रुपमा थिए।

साधारणसभाले कालिका लघुवित्तको केन्द्रिय कार्यलय अबदेखि पोखरा महानगरपालिकाको वडा नम्बर १० बुद्दचोकमा रहने गरि नियामावली तथा प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै साधारणसभाले हाल कायम चुक्ता पुंजी २५ करोड ३३ लाख ३० हजारको १० प्रतिशतले हुन आउने २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको छ भने चुक्तापुंजी वृद्धि प्रस्ताव समेत स्वीकृत भएको छ।

त्यस्तै साधारणसभाले हाल कायम चुक्ता पुंजी २५ करोड ३३ लाख ३० हजारको १० प्रतिशतले हुन आउने २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको छ भने चुक्तापुंजी वृद्धि प्रस्ताव समेत स्वीकृत भएको छ।

त्यस्तै नियमन निकाय नेपाल राष्ट्र बैंकको अनुमतीमा हाल कायम संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव समेत स्वीकृत भएको छ। हाल लघुवित्तमा संस्थापक ६४।५२ प्रतिशत तथा सर्वसाधारण तर्फ ३५।४८ प्रतिशत रहेको छ। यो संरचना परिवर्तन गरि संस्थापक ५४।५२ र सर्वसाधारण ४५।४८ प्रतिशत कायम गर्ने प्रस्ताव साधारणसभाबाट स्वीकृत भएको छ।

त्यस्तै साधारणसभाले संचालक समितिमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुह तर्फबाट २ जना गरि ६ जना संचालक निर्वाचित गरेको छ। निर्वाचित हुनेहरुमा संस्थापक समुहबाट विकास गौचन, शान्ता उप्रेती, चन्द्र बहादुर क्षेत्रि, रहेका छन् भने सर्वसाधारण समुहबाट विश्वराज नेपाल र केशव नारायण प्रधान चयन भएका छन् छन्। स्वतन्त्र संचालकमा अनुराग वाग्ले छन् ।

कालिका लघुवित्तले चालु आर्थिक बर्षको पहिलो ९ महिना अर्थात तेश्रो त्रैमाससम्ममा ६ करोड खुद मुनाफा गरेको छ, जुन प्रतिशतको आधारमा १३६४ प्रतिशतको वृद्धि हो। गत आर्थिक बर्षको यस अवधिमा लघुवित्तले ४१ लाख ५ हजार खुद मुनाफा गरेको थियो। कालिका र जनसेवीबीचको मर्जरले लघुवित्तको सिनर्जीमा वृद्धि देखिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved