
सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा केशव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको वैशाख २४ गते बिहान बसेको संचालन समितिक बैठकले पौडेललाई आगामी जेठ १ गतेबाट लागू हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) को लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
२०४९ सालमा निर्धन संस्थाबाट सेवा प्रवेश गरी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृत पदमा रही कार्य अनुभव लिई सकेका पौडेल २०७४ साल जेठ १ गते देखि सबैको लघुवित्तको सीईओ पदमा छन् । उनको कार्यकाल २०७८ बैशाख मसान्तसम्म रहेकोमा संचालक समितिले उनको कार्यकाल थप गरेको हो ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त २०७४ असार ३० गतेबाट सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त हो । कम्पनीले ७ वटै प्रदेशहरुका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेको छ ।