मिर्मिरे लघुवित्तद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2021 | 11:29:06 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुर र काभ्रेको नाका साँगा भञ्ज्याङ प्रहरी चौकीमा खटिएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई मध्येनजर गर्दै यस संस्थाले पिपिइ सेट, मास्क, पन्जा, फेस शिल्ड तथा सेनिटाइजर सहयोग गरेको हो ।

संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत बिर्खबहादुर बोहराले मंगलबार साँगा भञ्ज्याङमा पुगेर प्रहरी सहायक निरिक्षक शिब श्रेष्ठलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । प्रहरी सहायक निरिक्षक श्रेष्ठले ड्युटिमा खटिएका प्रहरीहरुलाई पिपिइ सेटको अत्यावश्यक भएकोमा मिर्मिरेले गरेको सहयोगको लागि धन्यवाद दिए । यसले महामारीको अवस्थामा आफूहरुले अझ सहज तरिकाले कार्य गर्न सहयोग भएको र जनसमुदाय बीचमा आत्मियता बढेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved