लक्ष्मी लघुवित्तद्धारा कोभिड अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2021 | 03:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बर्दिया जिल्लाको जयनगर, शाखाद्धारा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित संक्रमितहरुको स्वास्थ्य उपचारको लागि बारबर्दिया नगरपालिकाको मगरागढी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री खरिद वापत ३० हजार नगद प्रदान गरेको हो ।

आर्थिक सहायता ग्रहणको क्रममा स्वास्थ्य केन्दका अधिकृत डा. रोशन सापकोटाले भने “कोभिड–१९ को माहामारी बढेसंगै आर्थिक अवस्था अपुग हुँदा सहयोगको अपिल गरेका थियौ र सो कार्यलाई मनन् गदै सहयोगको हात अगाडि बढाई सहयोग गरिदिनु भएकोमा उक्त सहयोगको उचित कदर गर्दै बिरामीहरुलाई जति सक्दो उचित किसिमको स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ”।  

साथै बारबर्दिया नगरपालिका वडा.नं. ०६ का वडा अध्यक्ष कर्ण बहादुर मिजारले भने “सधै यस लक्ष्मी लघुवित्त संस्थाले सामाजिक उत्तरदायित्वको भूमिकामा अग्रण स्थान निवार्ह गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।” 

हाल कोभिड–१९ को माहामारीमा संक्रमित भई अस्पतालमा उपचारित संस्थासँग आवद्ध सदस्यहरु र सदस्यको परिवारलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग निरन्तररुपमा उपलब्ध गराई रहेन वित्तीय संस्थाले जनाएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved