मिर्मिरे लघुवित्तले सुरु गर्यो मोवाइल बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2021 | 11:35:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले आफ्नो मोवाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिष्टर गरेर उक्त सेवा संचालनमा ल्याएको हो ।

कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा ग्राहक सदस्यहरुलाई आर्थिक कारोवार गर्न सहज होस भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताए ।

मोवाइल बैंकिङ मार्फत सदस्यहरुले स्टेटमेन्ट हेर्ने, मोवाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्यु आर कोड बाट भुक्तानी गर्ने, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको वील भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जन भन्दा बढी सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी दिए ।

इन्फो डेभलपर्ससँगको सहकार्यमा तयार पारिएको मोवाइल बैंकिङ सेवा सरल तथा ग्रामिण क्षेत्रका न्युन साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले बताए ।

आगामी दिनमा स्पट बैंकिङ तथा अन्य लघुवित्त मैत्री तरिकाले सेवा अद्यावधिक गर्नै लैजाने र वर्तमान अवस्थामा मिर्मिरेले सेवा सुचारु गरेर ठूलो फड्को मारेको इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

सदस्यहरुले एन्ड्रोइड फोनमा गुगलको प्ले स्टोर तथा आइ फोनमा एप स्टोर बाट मिर्मिरे स्मार्ट एप टाइप गरी उक्त एप्लीकेशन डाउनलोड गर्न सक्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved