मृतक सदस्यको परिवारलाई मिर्मिरेको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 01:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बढनिहारले मृतक सदस्यको परिवारलाई आर्थिक सहयोग गरेको छ । 

संस्थाको बढनिहार शाखाका शाखा प्रमुख निराजन चौधरी र कर्मचारी दिलिप कुमार चौधरी लगायतको उपस्थितिमा बागेश्वरी गाउँका पूर्व मुखिया तथा समाजसेवी रामदेयाल कुर्मीले तारादेवी गोढीको परिवारलाई र केन्द्र प्रमुख रुन्ची देवीद्धारा तेतरी थरुनीको परिवारलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

संस्थाका सदस्य पटेरवा सुगौली गाउपालीका वडा नं. ३, पर्सा वस्ने तेतरी थरुनीको श्रीमान मनोहर दास थारुको उपचारको क्रममा निधन भएको थियो । त्यसै गरी संस्थाका अर्का सदस्य पर्सागढी नगरपालिका वडा नं. ७, की तारा देवी गोढीको स्वास प्रस्वासमा समस्या भई उपचारको क्रममा निधन भएको थियो । दुवै घटना प्रति वित्तीय संस्थाको तर्फबाट दुख व्यक्त गर्दै परिवारलाई संस्थाको तर्फबाट जनही रु. ५ हजारको दरले आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved