समता घरेलु लघुवित्तद्धारा बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2021 | 01:48:57 PM मा प्रकाशित

laxmi  sunrise bank

समता घरेलु लुघवित्त वित्तीय संस्थाले काभ्रे जिल्ला स्थित बनेपा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाले ५ थान अक्सिजन कन्सन्ट्रेटर, केही थान थर्मल थर्माेमिटर, सेनिटाइजर, अक्सिमिटर लगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु नगरपालिकालाई हस्तान्तरण गरेका हो । 

कोभिड १९ दोश्रो लहरको संक्रमण जोखिमलाई मध्यनजर गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.मदन घिमिरेले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीलाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । 

समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था मर्जर भए पश्चात् बैशाख ०२ देखि समता घरेलु लघुवित्तको नामबाट एकीकृत वित्तीय कारोवारको शुरुवात भएको थियो । काभ्रेको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत करिव ४७ हजार सदस्यहरुलाई लघुवित्त सेवा दिईरहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved